बोहरा मेडिको सेन्टर

सागर डडेल्धुरामा जबरजस्ती उम्मेदवार हुँदैन, पार्टी छोडेर स्वतन्त्र लड्ने अप्सन छ : सभापति अवस्थी

dream cafe
learnar

डडेल्धुरा :   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबाट उम्मेदवार बन्ने दाबी सार्वजनिक गरेपछि पार्टी जिल्ला सभापति सुरेन्द्र अवस्थीले त्यसप्रति प्रतिक्रिया दिएका छन्।

सिमाना न्युजसँग कुरा गर्दै उनले ढकालको अभिव्यक्तिलाई पार्टीको औपचारिक निर्णय नभएको स्पष्ट पार्दै उनले सार्वजनिक रूपमा बनाइँदै आएको माहोललाई मिडिया ट्रायलको संज्ञा दिएका हुन्।

CNA

उनकाअनुसार पार्टी सभापति रवि लामिछानेसहितको टोलीले डडेल्धुरामा ढकाल कमजोर उम्मेदवार रहेको निष्कर्ष निकाल्दै  रुपन्देही–२ बाट चुनाव लड्न सुझाव दिएको थियो।

तर,  त्यसपछि पनि सागरले डडेल्धुरामै उम्मेदवारी दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिइरहेको उनको भनाइ छ।

‘पार्टीले अहिलेसम्म कसैलाई पनि उम्मेदवार घोषणा गरेको छैन,’ अवस्थीले भने, ‘तर सागर ढकालले बाहिर आफू डडेल्धुराबाटै हुनेजस्तो वातावरण बनाइरहनु भएको छ।  मिडिया ट्रायल गरिरहेका छन्।’

GBL NEW

डडेल्धुरामा जबर्जस्ती उम्मेदवार स्वीकार्य नहुने स्पष्ट पार्दै अवस्थीले स्थानीय नेतृत्व र कार्यकर्ताको भावनालाई बेवास्ता गर्न नहुने बताए।

उनले सागरलाई पार्टी छोडेर डडेल्धुरामा स्वतन्त्र रुपमा चुनाव लड्ने अप्सन रहेको बताए।

‘हामी डडेल्धुराकै मान्छे सक्षम छौं। यहाँ काम गरेका, यहाँका जनताले चिनेका व्यक्ति नै उम्मेदवार हुनुपर्छ,’  उनले भने, ‘उसले आफ्नै ठाउँमा गएर चुनाव जित्नुपर्छ, काम गर्नुपर्छ।’

आफ्नो दाबी पनि बलियो रहेको उल्लेख गर्दै अवस्थीले भने, ‘सागर ढकालजत्तिकै दाबेदारी मेरो पनि छ। म नै उम्मेदवार हुँ। उसले बाहिर जे भने पनि अन्तिम निर्णय पार्टीबाटै हुन्छ।’

र, यो पनि : 

बालेन ‘तुरुप’ बनाएर डडेल्धुराको टिकट ताक्दै सागर ढकाल, छैन जिल्लामा क्रेज

Ddl dental
Leave A Reply

Your email address will not be published.