दार्चुलाबाट एकल सिफारिस हुँदाहुँदै पन्छिए बडू, भने : अब नयाँ पुस्ताको पालो

dream cafe
learnar

दार्चुला : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। कांग्रेस जिल्ला कार्य समिति दार्चुलाले सोमबार उनको उक्त निर्णय सार्वजनिक गरेको हो।

जिल्ला समितिले मंसिर २५ र २६ गते बसेको बैठकबाट बडूलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा सर्वसम्मत एकल सिफारिस गरे पनि उनले चुनाव नलड्ने स्पष्ट संकेत दिएका थिए।

Amargadhi Education
अजयमेरु फाैजी केरा

पूर्वमन्त्रीसमेत रहेका बडूले मुलुकमा विकसित राजनीतिक परिस्थिति र विशेषगरी भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन तथा प्रदर्शनले सिर्जना गरेको सामाजिक–राजनीतिक अवस्थालाई निर्णयको मुख्य कारण बताएका छन्।

बैठकमै बडूले आफू चुनावी प्रतिस्पर्धामा नउठ्ने र नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राखेका थिए। ‘अब नेतृत्व हस्तान्तरण आवश्यक छ,’ उनले भने।

पुस २२ गते चुनाव नलड्ने विषयमा पत्र बुझाएका बडूको पत्र २४ गते दर्ता गरिएको थियो। सोमबार जिल्ला समितिले सार्वजनिक गरेसँगै दार्चुला कांग्रेसभित्र नयाँ उम्मेदवारको खोजी सुरु भएको छ।

बडूले आफूलाई विश्वास गरी सिफारिस गरेकामा जिल्ला कार्य समितिलाई धन्यवाद दिएका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.