बोहरा मेडिको सेन्टर

यस्तो बन्यो डडेल्धुरा जेसीज वर्ष २०२६ को टिम

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरा जेसीजको अध्यक्षमा दिनेशप्रसाद पनेरू चयन भएका छन्।

वर्ष २०२६ का लागि पनेरू सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

CNA

जिल्ला सदरमुकाममा आइतबार सम्पन्न जेसीजको जिल्ला अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको निर्वाचन आयुक्त लक्ष्मी ऐरले जानकारी दिइन्।

उनका अनुसार कार्यकारी उपाध्यक्षमा जेसी रमेशप्रसाद भट्ट र जेसी दिपक भट्टराई चयन भएका छन्।

GBL NEW

कार्यसमितिको कानुनी सल्लाहकारमा आशिष बोहरा, महासचिवमा बाशु पाण्डेय र कोषाध्यक्षमा दिपक भट्ट चयन भएका छन्।

सचिवको जिम्मेवारी सुनिल तामाङले पाएका छन्।

उपाध्यक्षहरूमा नितेश बोहरा, टेकराज जोशी, योगेश बोहरा र सुजित बोहरा चयन भएका छन्।

नव निर्वाचित अध्यक्ष पनेरुले युवा नेतृत्व विकास, सामाजिक सेवा र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले जेसीजलाई अझ सक्रिय, उत्तरदायी र परिणाममुखी संस्थाको रूपमा अगाडि बढाउने बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.