बोहरा मेडिको सेन्टर

रुसी सेनामा भर्ती भएका बैतडीका मनोजसिंह भाटको मृत्यु

dream cafe
learnar

 बैतडी : रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका– ७, काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ।

करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकोमा ‘डीएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएको मेलौली नगरपालिका– ७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए।

CNA
GBL NEW

भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभए पनि हालै मृत्यु भएको खबर परिवारलाई दिइएको उनले जानकारी दिए।

मृतक भाटको घरमा आमा–बुबा, भाइ र श्रीमती छन्।

भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका–९, असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भएको थियो।

सोही समयदेखि भाटको खोजी भइरहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.