डडेल्धुरामा अटो चालक र ग्यारेज व्यवसायी लक्षित लागूऔषध नियन्त्रण कार्यक्रम

dream cafe
learnar

डडेल्धुरामा अटो चालक र ग्यारेज व्यवसायी सचेत

डडेल्धुरा ः लागूऔषध दुरुपयोग र सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै डडेल्धुरामा अटो चालक तथा ग्यारेज व्यवसायीलाई लक्षित विशेष सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।

GBL NEW

नेपाल प्रहरीसँगको सहकार्यमा सामाजिक विकास कार्यालय डडेल्धुराले शनिबार उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा अटो व्यवसायी, चालक र ग्यारेज सञ्चालकहरूलाई लागूऔषध सेवन तथा ओसारपसारबाट उत्पन्न हुने कानुनी जोखिम, ट्राफिक नियमको पालना र सडक सुरक्षाबारे विस्तृत जानकारी गराइएको थियो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी वरुणबहादुर सिंहले लागूऔषधका प्रकार, त्यसका दुष्प्रभाव, ओसारपसारको अवस्था र प्रचलित कानुनी सजायबारे प्रस्तुतीकरण गरेका थिए।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेका प्रमुख प्रहरी नायब निरीक्षक श्यामराज बोहराले क्षमताभन्दा बढी यात्रु नबोक्न, अनिवार्य रूपमा सवारी चालक अनुमतिपत्र लिन र ट्राफिक नियम कडाइका साथ पालना गर्न अटो चालकलाई आग्रह गरे।

उनले ट्राफिक नियम उल्लङ्घन गर्ने र लागूऔषधसँग जोडिने जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे।

सामाजिक विकास कार्यालयका प्रमुख मीनबहादुर लामिछानेले यातायात क्षेत्रमा संलग्न व्यक्तिहरू लागूऔषधको जोखिममा पर्न सक्ने भएकाले यस क्षेत्रलाई विशेष रूपमा लक्षित गरिएको बताए।

‘लागूऔषध दुरुपयोगले व्यक्तिगत मात्र होइन, समग्र समाजलाई नै असर गर्छ,’ उनले भने।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले लागूऔषधलाई समाज विनाश गर्ने प्रमुख कारकको संज्ञा दिँदै अटो चालक र ग्यारेज व्यवसायीलाई कुनै पनि प्रकारको सेवन वा कारोबारमा नलाग्न कडा चेतावनी दिए।

कार्यक्रममा सहभागी अटो चालक तथा ग्यारेज व्यवसायीहरूले लागूऔषध नियन्त्रण र सुरक्षित यातायात प्रवद्र्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.