बोहरा मेडिको सेन्टर

वीपी कांग्रेस कांग्रेसमा मिसिँदै, कर्ण मल्ल भन्छन् : देउवालाई भारी मतले जिताउँछु

dream cafe
learnar

डडेल्धुरा : वीपी कांग्रेस कांग्रेसमा मिसिँने भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग कांग्रेस वीपीका सभापति सुशीलमान शेरचनको टोलीले पार्टी एकताबारे पुस १४ मा छलफल गरेको हो।

CNA

यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टी छोडेका र कारबाहीमा परेकालाई माफी दिँदै फर्किन आह्वान गरेको थियो।

GBL NEW

कांग्रेसको पुस १३ को निर्णयले एकताको वातावरण थप सहज भएको कांग्रेस (वीपी)का वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल बताउँछन्।

‘शेरबहादुर दाइप्रति मेरो हिजो पनि श्रद्धा थियो, आज पनि छ, भोलि पनि रहन्छ। कुरा मिल्दा भारी मतान्तरले जिताउन लाग्छु। कुरा मिलेन भने प्रतिस्पर्धा गर्छु,’ मल्लले भने।

मल्लले गत निर्वाचनमा देउवासँग प्रतिष्पर्धा गरेका थिए। गुल्मीका सागर ढकाल दोस्रो हुँदा उनी तेस्रो भएका थिए।

कांग्रेसका प्रचार विभाग प्रमुख मीनविश्वकर्माका अनुसार प्रतिनिधिसभा निर्वाचन र १५औँ महाधिवेशनअघि नै विलय प्रक्रिया टुंग्याउने तयारी भइरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.