डडेल्धुराका कर्णबहादुर कञ्चनपुर प्रहरीको फन्दामा, लुकाएर राखेका थिए खैरो हिरोइन

dream cafe
learnar

डडेल्धुरा : कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ पवित्र बस्तीमा डेरा गरी बस्ने २९ वर्षीय कर्णबहादुर बोहरालाई लागूऔषध खैरो हिरोइनसहित प्रहरीले मंगलवार पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरीले बोहरालाई पक्राउ गरेको हो।

Bohora madico
HARDIK AGRo NEw

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार डडेल्धुराको आलिताल गाउँपालिका–७ भाँडी स्थायी घर भएका बोहराले कोठाभित्रै लागूऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गुलरिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कैलालीको संयुक्त टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले बोहराको कोठामा खानतलासी गर्दा लुकाइछिपाई राखिएको अवस्थामा दुई ग्राम ८४० मिलिग्राम लागूऔषध खैरो हिरोइन फेला पारेको छ।

पक्राउ परेका बोहरालाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। लागूऔषधको कारोबारमा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको बारेमा पनि सोधपुछ र खोजी भइरहेको बुझिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.