बोहरा मेडिको सेन्टर

डडेल्धुरा अस्पतालको दबाइ रक्सी !

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पताल, जहाँ बिरामीले स्वास्थ्य सेवा र औषधि पाउने आशा गर्छन्, त्यहाँ हाल औषधिको सट्टा मदिराका बोतल र तास फेला परेका छन्।

अस्पताल प्रशासनले विगतमा प्रशासनिक कार्य गर्दै आएको भवनमा पेटीका पेटी मदिराका बोतल र तास फेला परेका हुन्।

CNA

  

अस्पताल भित्र रक्सीका बोतल फेला परेपछि सामाजिक सञ्जालमा अस्पतालले स्लाइनको रुपमा रक्सीको प्रयोग गर्ने गरेको भन्दै ट्रोल बनाइएको छ।

स्वास्थ्य ऐनअनुसार, स्वास्थ्य सस्थामा मदिरा सेवन र भण्डारण निषेधित छ। तर, अस्पताल भित्र देखिएका मदिराका पेटी र बोतलले कानुनको मजाक बनाएको देखिन्छ।

GBL NEW

अस्पताल भित्र देखिएको यस्तो हर्कतले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझा र मेसु सुधा देवकोटाको कार्यशैलीमाथि प्रश्न मात्रै उठाएको छैन् अस्पतालको सुशासन, पारदर्शिता र बिरामीको विश्वासमा गम्भीर प्रश्न उठाएको छ।

स्थानीय डम्बर साउँद अस्पताल जस्तो संवेदनशिल ठाउँमा मदिराका बोतल र तास फेला पर्नु किमार्थ ठिक नभएको बताउँछन्। उनले अस्पताललाई क्यासिनो र बियर बार बनाउनेलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने बताए।

‘अस्पताल भित्र अनैतिक कार्य गर्नेलाई अस्पतालले २४ घण्टाभित्र कारबाही गर्नुपर्छ। नत्र डडेल्धुराका जनता आवाज बुलन्द गर्न बाध्य हुनेछन्,’ उनले भने।

अस्पतालका मेसु देवकोटाले आफू यस बारे अनविज्ञ रहेको बताइन्।

‘त्यो भवनमा पहिले डाक्टरहरु बस्थे। अब कसरी आयो मलाई थाहै भएन, सर। काम गर्नेहरुले फाल्नु पर्ने। कसरी आयो भनेर सोध्नै पर्छ सर,’ उनले भनिन्, ‘अस्पताल हाता भित्र ल्याएर खान पाइँदैन्। क्वाटरमा ल्याएर खान्छ भने त कसरी रोक्नु।’

Ddl dental
Leave A Reply

Your email address will not be published.