Ugratara driving

अमरगढीको यो विद्यालय : जहाँका अभिभावकले चन्दा उठाएर गाडी भाडा तिर्छन्

Ban
Samajik office ddl

डडेल्धुराः डडेल्धुराको एक विद्यालयमा अभिभावकले चन्दा उठाएर गाडी सञ्चालन गरिरहेका छन्।

जिल्लाको अमरगढी नगरपालिका–१ शान्तिनगरमा रहेको भूमिराज प्राथमिक विद्यालयमा अभिभावकले चन्दा उठाएर गाडी सञ्चालन गरिरहेका हुन्।

Hotel Raino

विस २०५६ सालमा स्थापना भएको विद्यालय कक्षा तीनसम्म सञ्चालनमा रहेको छ। तडीबाटा, भेटा, बन्ड, स्याउले र दुधकाँडेका ५३ जना बालबालिका विद्यालयमा पढ्न आउने गरेको प्रधानाध्यापक लक्ष्मण जोशीले बताए।

यी गाउँबाट विद्यार्थीलाई ल्याउन लैजान गाडीको व्यवस्था गरिएको उनी बताउँछन्। उनका अनुसार, उक्त गाडी मासिक २० हजार तिरेर भाडामा ल्याइएको हो। र, उक्त गाडीको भाडा भने बण्ड गाउँका स्थानीयले व्यहोर्ने गरेका छन्।

बन्डका स्थानीय श्यामबहादुर ऐरले बन्डका ३२ परिवारले मासिक ७ सय रुपैयाँ उठाएर विद्यालयलाई तिर्ने गरेका छन्। र, विद्यालले उक्त पैसाले गाडीको भाडा तिर्ने गरेको छ।

ऐर भन्छन्, ‘विद्यालयको अवस्था नाजुक छ। बन्डबासीले दुध र दाउरा बेचेर संकलन गरेको पैसा उठाएर हामी विद्यालयलाई दिने गरेका छौं।’

भूमिराज प्राथमिक विद्यालय भीमदत्त राजमार्गको सडक छेउमा रहेको छ।

यसरी हालियो गाडी
स्थापनाको समयमा विद्यार्थीको अनुपात राम्रै रहेको थियो, विद्यालयमा। तर, पछिल्लो समय संकुचित हुँदैहुँदै गाउँमा मात्रै निहित बन्न पुग्यो।

Alital

विद्यालयमा विद्यार्थीको संख्या न्युन रहेपछि गत चैतमा विद्यालयले घरदैलो अभियान सञ्चालन गर्यो। गाउँको मात्रै नभएर बाहिरका बच्चा ल्याउने योजनासहित अगाडि बढेको प्रअ जोशी बताउँछन्।

‘बालविकासको बच्चा टाढाबाट हिँडेर आउन सक्ने कुरा भएन्। विद्यायमा पुग्न फेरी सडकको मात्रै बाटो। कक्षा पनि सानो। बालबालिका पनि स–साना। सुरक्षाको कारण देखाएर अभिभावकले पठाउन मानेनन्,’ जोशीले भने।

जोशीका अनुसार गाडीको सुविधाको व्यवस्था गरिदिए मात्रै बालबालिका विद्यायमा पठाउने अभिभावकले माग राखेका थिए। आर्थिक र भौतिक रुपमा जरजरको अवस्थामा रहेको विद्यालयले स्कुले बालबालिका बोक्न गाडी हाल्न सक्ने कुरा भएन्।

त्यसपछि विद्यालयले अभिभावक भेला बोलायो। भेलामा शो कुरा उठेपछि बन्डका स्थानीयले अपनत्व लिएर गाडी सञ्चालन गरेको अभिभावक ऐरले बताए।

विद्यालयमा बालबालिका अध्ययनरत भएका मात्रै होइनन् नभएका अभिभावकले समेत नियमित पैसा विद्यालयलाई दिने गरेका छन्।

अहिले बन्डबासीले अपन्त्व लिएपनि आगामी वर्ष भने गाडी  कसरी सञ्चालन गर्ने भन्ने समस्या रहेको प्रअ जोशी बताउँछन्।

भौतिक संरचना नाजुक
विद्यालयको भौतिक संरचना पनि दयनीय छ। प्रअ जोशीका अनुसार, बर्खामा चुहिने र हिउँदमा अत्याधिक चिसो हुने समस्याका कारण पठनपाठनमा समस्या छ।

भान्छाकोठा समेत नहुँदा बाहिरबाट दिवा खाजा प्याकिङ गरेर ल्याउनु पर्ने अवस्था विद्यालयको छ। सामुदायिक विद्यालय भएपनि विद्यालयको स्थित नाजुक रहेकोले स्थानीय तह अमरगढी नगरपालिकाले चासो दिनुपर्ने स्थानीयको माग छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.