लिखित परीक्षा बिना भर्ना अघि बढाउँदै डडेल्धुरा अस्पताल, कांग्रेस (विपी)ले माग्यो पारदर्शिता

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पतालले हालै विभिन्न पदका लागि प्रकाशित गरेको विज्ञापनमा केवल अन्तर्वार्तालाई मात्र मूल्यांकनको आधार बनाइएको भन्दै नेपाली कांग्रेस (विपी) जिल्ला कार्य समिति डडेल्धुराले आपत्ति जनाएको छ।

काँग्रेस (विपी)ले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै भर्ना प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न अस्पताल प्रशासनलाई सचेत गराएको हो।

बोहरा मेडिको सेन्टर

कांग्रेस (विपी)ले संघीय अस्पतालको सूचीभित्र रहेको डडेल्धुरा अस्पताल सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकका लागि जीवनरक्षक स्वास्थ्य सेवा केन्द्र भएकाले यसका कुनै पनि गतिविधि अत्यन्तै संवेदनशील हुने उल्लेख गरेको छ।

ज्ञापनपत्रमा विगतमा अस्पतालभित्र राजनीतिक भागबन्डा, आर्थिक चलखेल र कार्यकर्ता भर्तीजस्ता गतिविधिले संस्थाको विश्वसनीयता गुम्दै गएको आरोप गर्दै ताजा विज्ञापनमा लिखित परीक्षा समावेश नगरी केवल अन्तर्वार्तामार्फत मात्र भर्ना गर्न खोजिनु शंकास्पद रहेको उल्लेख गरिएको छ।

GBL NEW

´अस्पताल जस्तो महत्वपूर्ण संस्थामा भर्ना प्रक्रिया पूर्ण पारदर्शी, प्रतिस्पर्धात्मक र मापदण्डअनुसार हुनुपर्छ । लिखित परीक्षा किन नगर्ने ? अन्तर्वार्तामात्रैमा भर्ना किन ? भन्ने हाम्रो गम्भीर प्रश्न छ,` काँग्रेस विपीका सभापति भरत नेपालले बताए।

उसले आवश्यक कर्मचारी भर्ना गर्ने निर्णयको स्वागत गरेको छ। तर, कुनै पनि अनियमितता वा मनपरी प्रयास भएमा कडा रुपमा विरोध गर्ने चेतावनी दिएको छ।

ज्ञापनपत्र बुझाइसकेपछि जिल्ला प्रशासन कार्यालयमार्फत अस्पताल प्रशासन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको कांग्रेस (विपी) जिल्ला कार्य समितिले जनाएको छ।

र, यो पनि :

डडेल्धुरा अस्पतालमा करार कर्मचारीको घुँइचो

Ddl dental
Leave A Reply

Your email address will not be published.