बोहरा मेडिको सेन्टर

बाजुरामा पालिकाभित्र महिला कर्मचारीको ‘लुछाचुडी’, कारण यस्तो

dream cafe
learnar

बाजुरा : बाजुराको बडिमालिका नगरपालिका मेड्पा परियोजना प्रमुख रन्जीता शाहीले आफ्नै कर्मचारीमाथि हातपात गरेकी छन्।

हिजो (शुक्रबार) दिउँसो कार्यालय समयमै शाहीले आफ्नै कर्मचारी कविताकुमारी सुर्यबंसीमाथी हातपात गरेकी हुन्।

CNA

नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन्। प्रमुख प्रशासकीयले दैनिक कामको विवरण सहितको कार्यसम्पादन गर्ने नियम बनाएका छन्।

GBL NEW

तर, शाखा प्रमुख शाहीले कार्यसम्पादन कागजात च्यातेर फालिदिएपछि विवाद चर्किएको बुझिएको छ। शाहीले आफूमाथि हातपात गरेको कविताले बताइन्।

प्रमुख प्रशासकिय अधिकृतले कार्यसम्पादन सम्बन्धी डकुमेन्ट दिएको र सो डकुमेन्ट शाखा प्रमुख शाहीले च्यातिदिएपछी विवाद भएको उनी बताउँछिन्।

शाहीको कुटाइबाट कविताको  टाउकोमा चोट लागेर जिल्ला अस्पताल बाजुराको आकस्मीक कक्षमा उपचार भइरहेको छ।

कविताले  पिरमर्का पोख्दै गर्दा एकाएक बेहोस भएपछि उनलाई अस्पताल पठाइएको प्रमुख प्रशासकीय बमबहादुर केसीले बताए।

केसीका अनुसार, दुबै कर्मचारीबीच आन्तरिक द्वन्द्व हुँदै आएको थियो। कार्यालयमा भनाभन र लुछाचुडी भएको र  कुरा सामान्य भएको उनको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.