
उदयपुर : उदयपुर चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले वडा नम्बर-७ का अध्यक्ष केशव अधिकारीलाई पदमुक्त गरेका छन् ।
जेनजी आन्दोलन क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा मेयर लामाले वडा अध्यक्ष अधिकारी पदमुक्त गरेका हुन् ।


अधिकारीलाई जेनजी आन्दोलनको क्रममा पार्टी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न आरोपमा एमालेले कारबाही गरेको थियो ।त्यसको केही समयअघि उनले एमाले छाडेको घोषणा गरेका थिए ।
मेयर र वडा अध्यक्ष दुवैजना एमालेबाट निर्वाचित हुन् ।
हाल मेयर लामाले वडा सदस्य बलराम मगरलाई कार्यवाहकको जिम्मेवारी तोकेका छन् ।
अधिकारी कार्यालयमा आएर काम नगरेपछि जनतालाई सेवा दिनका लागि कार्यवाहक तोकेको मेयर लामाले बताए ।


