वडाध्यक्ष देउवाको अडियो प्रकरण : आम जनसमुदायसँग गरे क्षमा याचना

‘रोकाया राती–राती फोन गरी दुख दिन्थे’

dream cafe
learnar

डडेल्धुरा : आलिताल गाउँपालिका–१ का वडाध्यक्ष यज्ञ बहादुर देउवाले सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोबारे स्पष्टीकरण दिएका छन्।

उनले सोही वडाका मीनबहादुर रोकायालाई अश्लील शव्दसहित गालीगलौज गरेको अडियो सिमाना न्युजले प्रकाशित गरेको थियो।

बोहरा मेडिको सेन्टर

आज वडाध्यक्ष देउवाले योजनाबद्ध शैलीमा आफूलाई बदनाम गर्न अडियो रेकर्ड गरी बाहिर ल्याइएको दाबी गरेका छन्।

वडाध्यक्ष देउवाका अनुसार २०८२ साउन २० गते नागरिकता प्रक्रियासम्बन्धी विषयमा मीनबहादुर रोकायासँग भएको कुराकानीलाई नियोजित रूपमा रेकर्ड गरी सामाजिक सञ्जालमा प्रचार गरिएको छ।

उनका अनुसार रोकायाले विगतदेखि नै दुई–तीन महिनामा राति–राति फोन गरी विभिन्न तरिकाले दुःख दिने गरेका छन्।

GBL NEW

देउवाले लेखेका छन्, ‘मैले कुनै रेकर्ड राखेको छैन। त्यो दिन पनि षड्यन्त्रकारी रूपमा योजना बद्ध तरिकाले जनप्रतिनिधिको प्रतिस्ठामा आश्चर्यचकित र दुखित बनाएको छ।’

तर, उनले भने आफूले गरेका गालीगलौजको भाग हटाएर केवल मैले बोलेको अडियो मात्र सार्वजनिक गरे।’

उक्त दिन रोकायाका छोराको नागरिकता सिफारिस वडा कार्यालयबाट भएको र जिल्ला प्रशासनमा सामान्य प्रक्रिया अड्किएको जानकारी पाएपछि आफुले बुझ्ने प्रयास मात्रै गरेको उनले जनाएका छन्। तर, त्यसैलाई आधार बनाएर राति–राति फोन गरी अपशब्द बोलिएको र त्यसपछि एकतर्फी अडियो काटछाँट गरिएको आरोप उनले लगाएका छन्।

वडाध्यक्ष देउवाले आवेगका कारण कुनै शब्द गलत पुगेको भए आम जनसमुदायसँग क्षमा याचना गरेका छन्।

देउवाको स्टाटस :

Ddl dental
Leave A Reply

Your email address will not be published.