बालेन सङ्ग वार्ता गर्न डा. तारा जोशीको संयोजकत्वमा उज्यालोको समिति !

dream cafe
learnar

डडेल्धुरा : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)संग वार्ता गर्न उज्यालो नेपाल पार्टीले डा. तारा जोशीको संयोजकत्वमा एक संवाद समिति गठन गरेको छ।

काठमाडौँ महानगरपालिकाका मेयर शाहको समर्थन रहने सन्देश पाएपछि शाहको समर्थन टुट्न नदिन, रास्वपा छोडेकी सुमना श्रेष्ठ र हामी नेपालका संयोजक सुदन गुरुङ लगायतलाई समेट्न जोशीको संयोजकत्वमा तीन सदस्यीय संवाद समिति बनाएको हो।

बोहरा मेडिको सेन्टर

उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषित गर्दै चुनावमा होमिने तय गरेको छ।

GBL NEW

उज्यालो नेपाल पार्टीले भर्खरै खुलेका दल, रास्वपा, सीके राउतको जनमत, नागरिक उन्मुक्ति पार्टी, हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग पनि सहकार्यको लागि छलफल गर्नेछ।

पार्टीले पूर्वऊर्जासचिव अनुकुमार उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति रहेको अद्यावधिक विवरण कात्तिक २५ गते निर्वाचन आयोगमा बुझाई सकेको छ।

जसमा डडेल्धुराका प्रदेश सभा–२ का सांसद जोशी पनि आवद्ध भएका छन्।

पार्टीले उनलाई वरियता क्रम–२ मा राखेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.