मेलाजात्रामा जुवाखाल,  डडेल्धुरा प्रहरी ‘मालामाल’ !

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका विभिन्न ठाउँमा भइरहेको मेलाजात्रामा खुलेआम जुवाखाल सञ्चालन भइरहेका छन्।

जुवातासमा स्थानीयदेखि बाहिरका व्यक्तिसमेतको भीड बढेपछि गाउँगाउँमा असामाजिक गतिविधि मौलाउन थालेको स्थानीयवासीको गुनासो छ।

GBL NEW

तिहारपछिका मेलाजात्राको नाममा रातभर चल्ने जुवाखालमा लाखौँ रुपैयाँको लेनदेन हुने गरेको बताइन्छ।

तर, प्रहरी प्रशासन भने ‘हेर्दा नदेखेजस्तो’ मौन भूमिकामा सीमित रहेको आरोप स्थानीयको छ।

‘जुवातास रोक्ने त प्रहरी नै हो, तर उनीहरूकै मिलेमतोमा जुवा चल्छ,’ एक स्थानीयले सिमाना न्युजसँग भने, ‘कसैले पैसा बुझाउँछ, कसैले भाग पाउँछ, अनि कसरी रोकिन्छ यस्तो काम?’

जिल्लामा हुने मेला जात्रामा मेलाको रौनकभन्दा पनि जुवातास खेल्ने मात्रै भेटिने गरेको बताइन्छ।

स्रोतका अनुसार केही स्थानमा प्रहरीलाई अग्रिम रकम बुझाएर जुवाखाल सञ्चालन गरिन्छ। भने प्रहरीकै मिलमतोमा मदिरा खुलेआम बिक्रि वितरण गर्ने र प्रहरीले असुली समेत गर्ने गरेको छ।

डडेल्धुरा प्रहरीको कमान्ड अहिले डीएसपी बरुणबहादुर सिंहले सम्हालेका छन्।

सिंह गत असोजमा डडेल्धुरा आएका हुन्। तर, उनको सुरक्षा कमाण्ड फितलो रहेको गुनासो समेत सुनिन थालेको छ।

डीएसपी सिंह भने यश विषयमा अनविज्ञ रहेको प्रतिक्रिया दिन्छन्।

उनले जुवातास भइरहेको बारे कसैले खबर नगरेको बताउँदै भने, ‘हामीलाई खबर गरेको भए सबै ठाउँमा प्रहरी गएको छ। म हस्तक्षेप गरिहाल्छु नि।’

उनले थपे, ‘कुन ठाउँमा भइरहेको छ खबर पाउँन। यदि हाम्रै कमजोरी, हाम्रै मिलेमतो छ भने हामी सजायको भागेदार।होइन भने कसरी ठिक लाउनु पर्छ हामी ठिक लाउँछाैं।’

Ddl dental
Leave A Reply

Your email address will not be published.