भीम रावल प्रचण्ड–माधवको नेकपामा, छैटौं बरियतामा रहने !

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल अब प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने पक्का भएको छ।

विभिन्न तहका नेताहरूसँग भएको चरणबद्ध छलफलपछि रावलको ‘मातृभूमि जागरण अभियान’ नेकपामा विलय हुने भएको नेकपाका युवा नेता सुदेश पराजुलीले पुष्टि गरे। पराजुलीसँगै मोहन गौतम, जीवन राईलगायतका नेताहरूले पनि डा. रावलसँग भेट गरी एकता प्रक्रियालाई अन्तिम रूप दिएका छन्।

Bohora madico
HARDIK AGRo NEw

स्रोतका अनुसार रावल पक्ष र नेकपाबीच यसै साताभित्र एक औपचारिक कार्यक्रममार्फत एकता घोषणा हुने तयारी गरिएको छ। उक्त एकतापछि रावल पक्षका केही नेताहरूलाई केन्द्रीय कमिटी र राजनीतिक समितिसहितका जिम्मेवारी दिने सहमति भएको छ।

रावल पक्षबाट पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्व प्रदेशसभा सदस्य हर्क कुँवर, प्रकाश शाह, दूधकला विष्टलगायत एक दर्जनभन्दा बढी नेताहरूको नाम सिफारिस भएको बताइएको छ।

डा. रावललाई पार्टीको केन्द्रीय कार्यालय (हाइ कमाण्ड) मा राख्ने निर्णय गरिएको छ। बरियताको हिसाबले प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठपछि भीम रावल छैटौं स्थानमा रहने सहमति भएको नेताहरूले बताएका छन्।

हाल नेकपामा प्रधानमन्त्री भइसकेका तीन नेता (प्रचण्ड, नेपाल, खनाल) र उपप्रधानमन्त्री भइसकेका तीन नेता (वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा) छन्। डा. रावललाई ती नेतापछिको छैटौं बरियतामा राखिने भएको हो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.