सशस्त्रका हाकिमको सरुवा ‘सामसुम’

dream cafe
learnar

काठमाडौँ : गत वर्ष असोजको पहिलो हप्तामै सशस्त्र प्रहरीका एआइजीहरूको सरुवा भएको थियो । तर यो वर्ष भने सरुवा प्रक्रियामा ढिलाई भएको छ।

सामान्यतया कुनै पनि विभागमा एक वर्ष पूरा भएपछि सरुवा गर्ने प्रचलन रहेपनि यसपालि एआइजीहरूको सरुवामा राजनीतिक प्रभाव परेकाले प्रक्रिया अगाडि बढ्न सकेको छैन।

GBL NEW

एआइजी नारायणदत्त पौडेल करिब एक वर्षअघि सीमा सुरक्षा विभाग हुँदै कार्य विभागमा आएका थिए। यस्तै वंशी दाहाल कार्य विभागबाट मानव स्रोत विभागमा पुगेको पनि वर्ष पूरा भइसकेको छ।

तर दुवैको सरुवामा कुनै पहल देखिएको छैन। स्रोतका अनुसार सरकार परिवर्तनले प्रशासनिक निर्णयहरूमा प्रभाव पारेपछि एआइजी सरुवा प्रक्रिया रोकिएको हो।

यसैबीच सीमा सुरक्षा विभागका एआइजी सीपी गौतम पदावधि पूरा गरी घर फर्किएपछि त्यसको जिम्मेवारी गणेश ठाडा मगरले सम्हालेका छन्। बढुवापछि जिम्मेवारी पाएका ठाडा मगरले विभागीय कामकाज सक्रिय रूपमा अघि बढाउँदै आएका छन्।

ठाडा मगरले अनुगमन र तथ्य संकलनका नाममा विभाग अन्तर्गतका सीमावर्ती जिल्लाहरूमा निरन्तर निरीक्षण गरिरहेको स्रोतले बताउँछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.