बोहरा मेडिको सेन्टर

ट्रफी टूर कैलाली-कञ्चनपुरमै सीमित, क्यान सुदूरपश्चिमका अध्यक्ष जोशी असन्तुष्ट

dream cafe
learnar

डडेल्धुरा : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग–२ (एनपीएल) अन्तर्गत सुरु गरेको ट्रफी टूर कार्यक्रम सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा मात्र सीमित भएपछि क्यान सुदूरपश्चिम अध्यक्ष बासुदेव जोशीले असन्तुष्टि व्यक्त गरेका छन्।

अध्यक्ष जोशीले पहाडी जिल्लाहरूप्रति उपेक्षा गरिएको आरोप लगाउँदै यस्तो निर्णयले पहाडी क्षेत्रका खेलाडी र क्रिकेट प्रेमीहरूको भावनामा ठेस पुगेको बताएका हुन्।

CNA

सुदूरपश्चिममा ९ जिल्ला भए पनि पहाडी जिल्ला डडेल्धुरा, डोटी, अछाम, बझाङ, बैतडी र दार्चुलामा ट्रफी टूर नगर्ने निर्णयप्रति अध्यक्ष जोशी असन्तुष्ट छन्।

GBL NEW

उनका अनुसार प्रदेश छनोटका अधिकांश खेलाडी यिनै पहाडी जिल्लाबाट आउने भए पनि पहाडलाई कार्यक्रमको दायरा बाहिर राख्नु अन्यायपूर्ण छ।

जोशीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अध्यक्षज्यू आफैँ पहाडबाट उठेका, पहाडीको घाम–पानी खाएका व्यक्ति। तर कार्यक्रम किन तराईमै सीमित? पहाडलाई किन हरेकपटक ‘दोस्रो दर्जाको’ मानिँदैछ?’

उनी थप भन्छन्, ‘हिमाल हाम्रो शिर, पहाड हाम्रो घर, तराई हाम्रो आगन हो भन्ने नारा लगाइने। तर कार्यक्रम आउँदा पहाडलाई सधैं किन वञ्चित?’

जोशीले यो ट्रफी टूर कार्यक्रम क्यानको निर्णय हो कि सुदूरपश्चिम रोयल्स टिम तथा टिमका मालिक स्वतन्त्र प्रताप शाहको व्यक्तिगत पहल? भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.