बोहरा मेडिको सेन्टर

दुर्गा प्रसाईंको आन्दोलनलाई कांग्रेस (बीपी)को समर्थन, एजेन्डा मिलेको दाबी

dream cafe
learnar

डडेल्धुरा : सुशीलमान शेरचन नेतृत्वको नेपाली कांग्रेस बीपीले मंसिर ७ गतेदेखि शुरू हुने दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गर्ने भएको छ।

प्रसाईंको निवास भक्तपुरमा भएको पत्रकार सम्मेलनमा कांग्रेस बीपीका सभापति शेरचनले आन्दोनप्रति समर्थन जनाएका हुन्।

CNA
GBL NEW

प्रसाईंले अगाडि सारेको आन्दोलनप्रति आफूहरूका एजेन्डा मिलेकाले समर्थन गर्ने उनले बताए।

‘मंसिर ७ गतेको आन्दोलन वार कि पारको अवस्थामा पुग्छ। त्यसैले मुद्दा मिल्नेहरू सहमति र सहकार्य गरेर जाने हो’, शेरचनले भने।

नेपाललाई बौद्ध र किराँतसहितको सनातन हिन्दू राष्ट्र बनाउने मागसहित प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.