सरकारले किन गर्‍यो पूर्वप्रधानमन्त्री माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता ?

dream cafe
learnar

धनगढी : पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दाका अभियुक्त बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई दिइएका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको छ।

गृहमन्त्रालय स्रोतका अनुसार नेपालका लागि खटाइएका १६ सशस्त्र प्रहरी र २ जनपथ प्रहरीलाई सरकारको निर्णयअनुसार फिर्ता गरिएको हो।

Bohora madico
HARDIK AGRo NEw

‘उहाँ भ्रष्टाचार मुद्दाको अभियुक्त हो, त्यसैले सुरक्षाको सुविधा नदिने निर्णय भएको हो,’ गृह स्रोतले भन्यो, ‘तर यदि उहाँलाई वास्तविक सुरक्षा जोखिम देखियो भने निवेदन दिन सक्नुहुन्छ, त्यसको आधारमा पुनः मूल्यांकन गरिनेछ।’

नेपाल पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन्। सो मुद्दाको फैसला अझै हुन बाँकी छ।

यसअघि सरकारले पूर्व र बाहालवाला अतिविशिष्ट तथा विशिष्ट व्यक्तिलाई मापदण्डविपरीत दिइएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको थियो।

सो निर्णयपछि झन्डै ३ सय सुरक्षाकर्मी फिर्ता गरिएका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.