अढाइ महिना नपुग्दै कैलालीका सीडीओ लम्सालको सरुवा

dream cafe
learnar

डडेल्धुराः कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको सरुवा गरिएको छ।

गृह मन्त्रालयले एकैपटक ३६ उपसचिवको सरुवा गर्दै ३० जिल्लामा सीडीओ हेरफेर गरेको हो। सोही सूचिमा लम्साल पनि परेका छन्।

GBL NEW

लम्सालको सरुवा नवलपरासी (बर्दघाट–पूर्व सुस्ता) जिल्ला प्रशासन कार्यालयमा गरिएको छ भने त्यहाँका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी कैलाली आउने भएका छन्।

लम्साल साउन महिनाको अन्त्यतिर मात्र कैलाली आएका थिए। गत २४ साउनमा कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनापछि तत्कालीन सीडीओ गोगनबहादुर हमाललाई मन्त्रालय तानेर उनको स्थानमा लम्साललाई काजमा पठाइएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.