प्रसिद्ध जगन्नाथ मेला ‘खोले जाँत’ २१ र २२ गते

dream cafe
learnar

डडेल्धुरा : अजयमेरु गाउँपालिका–३ र ४ चिपुरमा पर्ने प्रसिद्ध जगन्नाथ मेला (खोले जाँत) कात्तिक २१ गते रतेडी र २२ गते दिसेडी गरी मनाइने भएको छ।

जगन्नाथ युवा क्लबका अध्यक्ष तारादत्त भट्टका अनुसार २१ गते राति ‘रतेडी’ र २२ गते दिउँसो ‘दिउसेडी’ मेला लाग्ने भएको हो।

बोहरा मेडिको सेन्टर

यो मेलामा गुनपाल, चौडी, चिपुर र मड गाउँका भक्तजनहरूले देउरो बोकेर जगन्नाथ मन्दिरमा पुग्ने परम्परा रहेको छ।

GBL NEW

पूजाआजापछि ‘तिलाख’ ग्रहण गर्न बिहानैदेखि भक्तजनहरूको भीड लाग्ने गर्छ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट श्रद्धालुहरू सहभागी हुने भएकाले यो मेला धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

मेलाको सुरक्षालाई लक्षित गरी चारवटा सीमाना तोकिएका छन्, पूर्वमा राउत कट्टे, पश्चिममा चिपुर न्वाउलो (हाटपाट न्वाउलो), उत्तरमा माहर गडो (हल्कुडा) र दक्षिणमा खिरे चौतारा (मणिलेक)। ती सीमाभित्र गैरकानुनी कार्य गरेमा जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको जगन्नाथ युवा क्लबका अध्यक्ष भट्टले जानकारी दिए।

भट्टका अनुसार रक्सी बिक्री गरेमा १० हजार, सेवन गरेको पाइएमा ५ हजार, जुवा तास खेलाइएको पाएमा १० हजार, रोडमा सामान बेच्ने वा पार्किङ क्षेत्रभन्दा अगाडि गाडी/मोटरसाइकल ल्याएमा दुई हजार जरिवाना गरिनेछ।

आजदेखि ‘देउरो’ सहित पुजारीहरू मन्दिरमै बस्ने र मेला सम्पन्न नहुँदासम्म निरन्तर पूजाआजा चल्ने बताइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.