डडेल्धुरामा मतदाता नामावलीमा जेनजीको सक्रियता

dream cafe
learnar

डडेल्धुरा : आगामी फागुन २१ गते हुने निर्वाचनका लागि डडेल्धुरामा मतदाता संख्या निरन्तर बढ्दै गएको छ।

जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरिरहेको मतदाता नामावली सङ्कलनमा जेनजी उमेर समूहका युवाको सहभागिता बढी रहेको पाइएको छ।

बोहरा मेडिको सेन्टर

२०७९ सालको निर्वाचनसम्म डडेल्धुरामा ९४ हजार ३१४ मतदाता रहेका थिए। जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार अहिले दैनिक नयाँ मतदाता थपिँदै छन्।

GBL NEW

शुक्रबार मात्रै १२९ जनाले नाम दर्ता गराएका छन्, जसमा करिब ९० प्रतिशत जेनजी समूहका रहेका छन्। ‘नयाँ नागरिकता बनाउने र अघिल्ला चरणमा छुटेका मतदाताहरू अहिले नाम दर्ता गराउन कार्यालय आइरहेका छन्,’ अवस्थीले भने।

हालसम्म दर्ता भएका मध्ये ८६ पुरुष र ४३ महिला रहेका छन्। उनका अनुसार जनसंख्या कम हुनु र धेरै युवा विदेशमा रहनु मुख्य कारणले गर्दा अन्य जिल्लाभन्दा चाप कम देखिएको हो।

२०७४ मा डडेलधुरामा ८८ हजार ४५ मतदाता थिए, जुन २०७८ सम्ममा ६ हजार २६९ ले बढेर ९४ हजार ३१४ पुगेको थियो। यस वर्ष पनि मतदाता संख्यामा ठूलो उछाल नआउने अनुमान गरिएको छ।

प्रतिनिधि सभातर्फ डडेलधुरामा एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको जनसंख्या १ लाख ३९ हजार ४२० छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.