डडेल्धुरामा ११ किलोको माला हालेर गरियो कृषि अधिकृत रेग्मीको बिदाइ

dream cafe
learnar

डडेल्धुरा: ११ किलोको माला हालेर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन इकाई डडेल्धुराका कृषि अधिकृत भिष्मराज रेग्मीलाई बिदाइ गरिएको छ।

बुधबार एक विशेष कार्यक्रमका बीच कृषक तथा कर्मचारीहरूले उनलाई बिदाइ गरेका हुन्।

बोहरा मेडिको सेन्टर

कार्यक्रममा रेग्मीप्रति सहकार्य, नेतृत्व क्षमता र कृषकहितमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरिएको थियो।

GBL NEW

करीब दुई वर्षको कार्यकालमा उनले डडेल्धुरामा आधुनिक कृषि प्रविधिको विस्तार, किसानहरूको क्षमता अभिवृद्धि तथा उत्पादनमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्‍याएका थिए।

उनी केही समय निमित्त कार्यालय प्रमुखका रूपमा समेत कार्यरत रहेर जिल्लामा कृषि यान्त्रीकरण, फलफूल खेती प्रवर्द्धन र समूहगत कृषि प्रणालीमा उल्लेखनीय सुधार ल्याएको कृषकहरूले बताएका छन्।

उनको अगुवाइमा डडेल्धुराको कृषि क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनको उदाहरणीय योगदानको रूपमा स्मरण गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.