डडेल्धुराका ऐरलाई हतियार प्रहार गर्ने ११ जना पक्राउ, भाग्दै थिए भारततिर

dream cafe
learnar

कैलाली : कैलालीमा ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

असोज २६ गते गोदावरी नगरपालिका वडा नम्बर ४ को एक होटेलमा खाना खाइरहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय गौरव ऐरलाई धारिलो हतियार प्रहार गरेका उनीहरूलाई प्रहरीले मङ्गलबार धनगढीबाट पक्राउ गरेको हो।

बोहरा मेडिको सेन्टर

होटेलमा खाना खाइरहेका ऐरलाई धारिलो हतियारले प्रहार गरी उनको हातको औला काटिनुको साथै टाउको र घाटीमा चोट लागेको थियो।

GBL NEW

घाइते ऐरलाई तत्काल उपचारको लागि मायामेट्रो अस्पताल धनगढीमा पठाइएकोमा थप उपचारका लागि भारत लगिएको छ। प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले भारत भाग्ने क्रममा उक्त ११ जनाको समूहलाई पक्राउ गरेको जनाएको छ।

उनीहरूलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को नेपाल–भारतको सिमानाका रहेको त्रिनगर भन्सारबाट पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनगढी–२ का २९ वर्षीय सन्नी भनिने भीम नेपाली, धनगढी–२ कै १८ वर्षीय अनुपम सिंह, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का २३ वर्षीय किरण महरा, धनगढी– २ बस्ने १८ वर्षीय मुस्कान सिंह पक्राउ परेका छन्।

यस्तै पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका २ का २० वर्षीय बबिन सिंह, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का २६ वर्षीय गोविन्द बलायर, धनगढी– २ का २६ वर्षीय गोपाल भट्ट, धनगढी– ३ का १८ वर्षीय विशाल बोहरा, १८ वर्षीय प्रिन्स सिंह, कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर १० बस्ने ३२ वर्षीय दिनेश बिक र कञ्चनपुरकै पुर्नवास–१० का ३२ वर्षीय अनिल बिक रहेको प्रहरीले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.