अछामबाट धनगढी जाँदै गरेको इभी दुर्घटना : एकको मृत्यु, १८ घाइते

dream cafe
learnar

डडेल्धुरा : अछामबाट धनगढीतर्फ जाँदै गरेको इभी गाडी डोटी जिल्लाको गैरा नजिक शनिबार बिहान दुर्घटनामा परेको छ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

बोहरा मेडिको सेन्टर

०१००१ ख ३९५६ नम्बरको सो इभी सवारी अचानक अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो।

GBL NEW

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी १५ जनाको अवस्था मध्यम रहेको जनाइएको छ।

उनका अनुसार सबै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि पद्मा अस्पताल, अत्तरियामा लगिएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.