दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा, कता फर्किएर लगाउने ?

dream cafe
learnar

डडेल्धुरा : आज गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदै छ।

यस वर्ष देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा र टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

बोहरा मेडिको सेन्टर

परम्पराअनुसार दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ भने लगाइदिने मान्यजन पश्चिम फर्किनुपर्छ।

GBL NEW

समितिका सदस्य प्रा।डा। देवमणी भट्टराईका अनुसार दक्षिणतर्फ फर्किएर टीका लगाउने चलन राम्रो मानिँदैन, किनभने दक्षिण पितृकर्मसँग मात्र सम्बन्धित छ।

कतिपयले चन्द्रमा हेरेर पनि टीकाको दिशा निर्धारण गर्ने गरेपनि सामान्यतया पूर्व–पश्चिम नै हाम्रो पुरानो परम्परा हो।

काम विशेषले टाढा जानुपर्नेहरुले झुल्के घाममै देवी विसर्जन गरेलगत्तै टीका लगाउन सक्ने व्यवस्था छ।

किनभने टीका र जमरा देवीदुर्गाको पूजाबाट प्राप्त प्रसाद भएकाले प्रसाद ग्रहण गर्न साइत पर्खिरहन आवश्यक पर्दैन।

Ddl dental
Leave A Reply

Your email address will not be published.