दसैँको दिन धनगढी, अत्तरिया र फूलबारीमा निःशुल्क बस सञ्चालन हुने

dream cafe
learnar

धनगढी : दसैँको दिन कैलालीको धनगढी, अत्तरिया र फूलबारीमा निःशुल्क बस सञ्चालन हुने भएको छ।

धनगढी उपमहानगरपालिकाको समन्वयमा धनगढीको नवजीवन अस्पताल प्रालिले दसैँको दिन निःशुल्क बस सञ्चालन गर्ने भएको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

दसैँमा टीका थाप्नका लागि एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्ने व्यक्तिको सहजताका लागि निःशुल्क बस सञ्चालन गर्ने जनाइएको छ।

बस धनगढीको चौराहादेखि फूलबारीसम्म, फूलबारीदेखि चौराहासम्म, चौराहादेखि अत्तरियासम्म, अत्तरियादेखि चौराहासम्म चल्ने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिए।

उनले निःशुल्क बस सञ्चालनको समय तोकिएको उल्लेख गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.