वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी–२० सिरिज खेल्दै नेपाल

dream cafe
learnar

धनगढी : नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ। पहिलो खेल आज राति सवा आठ बजे शारजाहमा हुनेछ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेल्न लागेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो। नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको छैन।

पछिल्लो समय खराब प्रदर्शन गरिरहेको वेस्ट इन्डिजलाई हराउने नेपालसँग अवसर पनि छ। वेस्ट इन्डिजले पछिल्ला १० टी–२० मा दुई वटा मात्र जितेको छ।

नेपालले भने मिश्रित नतिजा निकालेको छ । नेपालले पछिल्ला १० टी–२० मा पाँच वटा जितेको छ।

ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका रूपमा रहनेछ। शृङ्खलाको दोस्रो खेल पर्सि सोमवार र तेस्रो खेल मङ्गलवार हुनेछ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.