Alisa pant

प्रचण्डलाई खगराजको प्रश्न : माओवादीमा देउवासँग प्रतिस्पर्धा गरेर २०-२२ हजार मत ल्याउने हैसियत अरू कसैको छ ?

learnar

डडेल्धुरा : नेकपा (माओवादी केन्द्र) का पुराना र पाकामध्येका एक नेता हुन्, खगराज भट्ट।

सुदूरपश्चिम प्रदेशबाट माओवादीको एकमात्र स्थायी कमिटी सदस्य रहेका भट्टले यसपटक संसदीय र पार्टी दुवै राजनीतिमा धक्का व्यहोर्नुपर्‍यो।

Ird

आफूमाथि अन्याय भएको र आफ्नो ३४ वर्षको राजनीति जीवन सिध्याउने डिजाईन स्वीकार्य नहुने भट्टले चेतावनी दिइसकेको छन्।

बुधबार बसेको स्थायी कमिटी बैठकले प्रदेश इन्चार्जबाट पनि हटाएपछि भट्टले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुला पत्र लेखेर  चार पश्न सोधेर विरोध जनाइसकेका छन्।

गत निर्वाचनमा गठबन्धनबाट डडेल्धुराबाट प्रदेश सभामा उठ्दा मुख्यमन्त्रीको दाबेदार थिए भट्ट। काँग्रेस सभापति शेरबहादुर देउवाले पनि भट्ट नै मुख्यमन्त्री हुने घोषणा गरेका थिए।

तर, सत्ता  समीकरणका कारण मुख्यमन्त्री त परको कुरा आफ्नै सांसदले  पार्टीको संसदीय दलको  नेताबाटै  उनलाई हटाउन भ्याए।

Ghatal Sta

आफूमाथि अन्याय भएपछि भट्टले  पार्टीमा सबै नेता कार्यकर्तालाई समान किसिमको न्याय  हुनु पर्ने बताएका छन्।

कोही नेतामाथि आरोप लगाउनुअघि र अरूले लगाएको आरोप सुन्नुअघि पार्टी नेतृत्व तथ्यमा पुग्नु पर्नेमा उनको जोड छ।

‘कसैले आरोप लगाएको भरमा धारणा बनाउनु हुँदैन। म पार्टीको इमान्दार सिपाही हुँ भन्ने कुरा अब पनि दाबी गरिरहनुपर्ने कुरा होइन, पार्टीको नेतृत्वदेखि तलसम्म सबैलाई थाहा भएकै कुरा हो। सुदुरपश्चिमको पहिलो जेलबन्दी हुँ, यो पार्टीमा ३४ वर्ष बिताएको छु,’ उनले भने।

प्रतिकूल स्वास्थ्यका बाबजुद पार्टी बनाउने काममा निरन्तर लागिपरेको भट्टको दाबी छ। संसदीय दलको नेता भएपछि पार्टी अध्यक्ष प्रचण्डको सल्लाह, सुझाव र निर्देशन विपरीत आफूले काम नगरेको उनको दाबी छ।

उनी भन्छन्, ‘यदि मैल गलत गरेको छु भन्ने हो भने प्रचण्डको निर्देशन पनि गलत हो भनेर बुझ्नुपर्छ। अर्को कुरा सुदूरपश्चिममा माओवादी दोस्रो ठूलो दल हुँदा हुँदै पनि तुलनात्मक रूपमा कमजोर मानिएका मन्त्रालयमा हाम्रा तर्फबाट मन्त्री पठाउनुमा मेरो कुनै भूमिका छैन। त्यो सत्ता गठबन्धनले संघमै गरेको सहमति र समझदारी बमोजिम भएको कुरा हो। म लड्ने ठाउँमा लडेको छु। तर प्रदेश संसदीय दलमा साथीहरूले मैले नगरेको गल्तीमा पनि आरोप लगाएर मलाई हटाउनुभयो। मैले स्थानीय तहको निर्वाचनदेखि प्रदेश पदाधिकारीको निर्वाचनसम्म प्रदेश कमिटीको सहमति र समझदारीमै निर्णय गर्दै आएँ।’

उनले कार्यसमीक्षाकै कुरा गर्ने हो भने २२९ सिटको पार्टीलाई ३२ मा झरेको समीक्षा हुने कि नहुने? भन्दै प्रश्न गरे।

‘त्यति ठूलो पार्टीलाई खुम्च्याउँदै लैजानुमा पार्टीको मुल नेतृत्वको भूमिका हुन्छ कि हुँदैन। यो पार्टी (माओवादी) मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरेर २०-२२ हजार मत ल्याउने हैसियत खगराज भट्टबाहेक अरू कसैको छ’ उनले भने,  ‘एउटा पालिकामा पनि जित निकाल्न नसक्नेहरू खगराजको क्षमतामाथि प्रश्न उठाउन मिल्छ? मैले मेरो क्षेत्रको दुई-दुईवटा पालिकामा लगातार जित निकालेको छु। तर भन्ने बेलामा खगराजलाई इन्चार्ज भन्ने र अर्को समानान्तर हेडक्वार्टर खोलेर पार्टी चलाउन खोजेपछि त्यसको विरोध गरेको हुँ। काम गर्ने क्षमता नभएको होइन।’

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.