नेपाल प्रहरीमा भर्ना खुल्यो, एक हजार ५९४ जनालाई अवसर

dream cafe
learnar

काठमाडौँ : नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति भर्ना खुला गरेको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै १५९४ पदका लागि दरखास्त आह्वान गरेको हो।

GBL NEW

जारी सूचनाअनुसार, प्रहरी जवानतर्फ १५५३ जना, कार्यालय सहयोगी (हजाम) ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी कुल १५९४ पदमा नयाँ भर्ना हुनेछन्।

प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा आठ कक्षा उत्तीर्ण हुनुपर्ने छ। कार्यालय सहयोगीका उम्मेदवारले साधारण लेखपढ गर्न जान्ने हुनुपर्ने सूचना उल्लेख छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्ने व्यवस्था गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.