परराष्ट्रमन्त्री बन्न राजेश हमाललाई अफर

dream cafe
learnar

धनगढी : अन्तरिम सरकारमा मन्त्री बन्नेहरूका विभिन्न नाम चर्चामा छन्।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार दोस्रोपटक विस्तार हुँदा आठसदस्यीय बनेको छ।

प्रधानमन्त्री कार्कीसँग अहिले परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छन्।

अजयमेरु फाैजी केरा

 मन्त्रिपरिषद् विस्तारका लागि उनले छलफल गरिरहेकी छन्। उनले सरकार विस्तार गर्दा मन्त्रीहरूको नाममा परराष्ट्रमन्त्रीमा महानायक राजेश हमालको नाम चर्चामा छ।

जेन–जी आन्दोलनयता हमाल टीभी शो ‘यो नेपाली शिर उचाली’ कार्यक्रमको छायांकन गर्न अस्ट्रेलियामा छन्।

हमाल आगामी सोमबार नेपाल फर्कने उनका स्वकीय गोकर्ण ढुंगानाले जानकारी दिए। मन्त्रीको अफरबारेमा आफूलाई जानकारी नभएको उनले बताए । अस्ट्रेलियामा रहेका हमालका बारेमा उनी निकटहरूले सूचना दिएका छैनन्।

अस्ट्रेलियामै रहेका हमालका सहयोगी रोशन हमालले यस विषयको आधिकारिकता राजेश हमालसँगै बुझ्दा उपयुक्त हुने बताए। आफू सुटिङमा व्यस्त भएकाले हमालसँग कुरा हुन नसकेको उनले बताए।

हमालका पिता चुडाबहादुर हमाल राजदूत भइसकेका व्यक्तित्व हुन्। उनले पाकिस्तानका लागि राजदूत भएर काम गरेका थिए । त्यस्तै, उनले रुसमा पनि काम गरेका छन्।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.