देउवा दम्पत्ती डिस्चार्जपछि ललितपुर सर्ने, कसको मा ?

dream cafe
learnar

धनगढी : कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवा डिस्चार्जपछि ललितपुर सर्ने भएका छन्। जेन–जी आन्दोलनमा आक्रमणकारीबाट सख्त घाइते भएका देउवादम्पतीको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ।

पूर्ण स्वास्थ्य लाभपछि उनीहरू ललितपुर सर्ने योजनामा छन्। तर, ललितपुरमा सानेपा या जावलाखेलमध्ये कहाँ सर्ने अन्तिम टुंगो लागिनसकेको प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

अजयमेरु फाैजी केरा

‘उहाँहरू ललितपुरमा सर्नुहुन्छ, तर सानेपा या जावलाखेलमध्ये कहाँ सर्ने टुंगो लागिसकेको छैन,’ उनले भने ।

सानेपा आरजुको माइतीघर हो भने जवालाखेल उनको भाइ भूषण राणाको निवास हो। दुईमध्ये एउटामा सर्ने तयारी भए पनि उनीहरूको परिवारले नै अन्तिम निर्णय लिने विश्वकर्माले बताए।

उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। उनीहरू दुवै बोल्ने, सामान्य हिँड्डुल गर्ने, बाथरुम जाने गर्छन्। तर, देउवाको पछाडिपट्टिको घाउ पूर्ण निको नभइसकेको र ड्रेसिङ गर्नुपर्ने अवस्था रहेकाले अझै एक–दुई दिनपछि मात्र अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।सभापति देउवा उपसभापति पूर्णबहादुर खड्कासहित अधिकांश नेताहरूसँग नियमितजस्तै टेलिफोन सम्पर्कमा छन्।

अस्पतालमा नेताहरूको भिडभाड हुने सम्भावनाका कारण अहिले कसैलाई भेट गर्न दिइएको छैन। तर, पार्टी सञ्चालनका लागि भने पदाधिकारीसहित अधिकांश नेता सम्पर्क र समन्वयमै रहेको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए। नियमित घटनाक्रमबारे उपसभापति खड्काले नै देउवालाई ब्रिफिङ गर्दै आएका छन्।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.