इन्सपेक्टर र अध्यक्ष संलग्न डोटीको त्यो काठ तस्करी प्रकरण

dream cafe
learnar

डडेल्धुरा : करिब चार वर्षअघि डोटीमा सामुदायिक वनको काठ अवैध रुपले लैजान लाग्दा पक्राउ  परेका व्यक्तिलाई सफाइ दिएपछि  अख्तियारले सर्वोच्चमा पुनरावेदन  दिएको छ।

इलाका प्रहरी कार्यालय विपीनगर, डोटीका इन्स्पेक्टर नृपबहादुर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष चक्रबहादुर साउदले सफाइ पाएपछि त्यसमा असन्तुष्टि जनाउँदै सर्वोच्चमा पुनरावेदन गरेको हो।

GBL NEW

विशेष अदालतको गत असार २० गतेको फैसलाले प्रतिवादीहरुलाई सफाई दिएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै अख्तियार सर्वोच्च पुगेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार, सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो।

रातको समयमा ट्याक्टरमा काठ लोड गरेको देखेपछि स्थानीयले इन्सपेक्टर बोहरा र अध्यक्ष साउदलाई  काठसहित नियन्त्रणमा लिएका थिए।

त्यसपछि अख्तियारले २०७७ असार ७ गते उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.