डडेल्धुरामा चोरेका सामग्री फिर्ता गर्दै जेन्जी

dream cafe
bhageshor

डडेल्धुरा : डडेल्धुरामा जेन्जी आन्दोलनका क्रममा सामग्री चोरी गर्नेहरु फिर्ता गर्न थालेका छन्।

भदाै २४ गते जिल्लाका सरकारी तथा गैरसरकारी संघ संस्थामा आगजनी र तोडफोडका क्रममा सामग्री चोरी गर्नेहरू सामग्री फिर्ता गर्न थालेका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

विभिन्न संघ संस्था र कार्यालयले आन्दोलनका क्रममा लगेका सामग्री फिर्ता गर्न सार्वजनिक रुपमै आग्रह गरेका थिए।

सोही क्रममा बुधबार चोरी गरेको एक थान ट्याब फिर्ता गरेको बहुउद्देश्यीय विकास समाज (एमपीडीएस) डडेल्धुराका  डडेल्धुराका कार्यकारी निर्देशक प्रेम महरले जानकारी दिए।

सीसी क्यामरामा अर्के व्यक्तिले ट्याब लगेको देखिएपनि फरक व्यक्ति ट्याब बुझाउन आएको स्रोत बताउँछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.