‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’

dream cafe
learnar

काठमाडौं : धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी लिन काठमाडौं पुग्दा भारतीय दूतावास जानुपर्ने भएपछि आफू मन्त्री खान हच्किएको बताएका छन्।

काठमाडौं आएर नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग प्रधानमन्त्री पदका लागि गरेको डिलमा असफल भएपछि धरान फर्किएका हर्कले अहिले भने दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएको टिप्पणी गरेका हुन्।

GBL NEW

उनले सामाजिक सञ्जालमा गएरातिदेखि नै राष्ट्रवाटी स्टाटस राख्दै यस्तो बताएका हुन्। उनले आफूलाई खानेपानी र श्रम तथा रोजगार गरेर दुई वटा मन्त्रालय दिएको तर भारतीय दूतावास जानुपर्ने भनेपछि हच्किएको बताएका हुन्। उनले हर्क साम्पाङ को हो भनेर पछि थाहा हुनेसमेत टिप्पणाी गरेका छन्।

‘मलाई पदको लोभी भन्नेलाई के थाहा देश दन्दनी जलिरहेको बेला सबै डराएर घर भित्र लुकेर बसेको बेला ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिनु खोजेको हुँ मैले ! खानेपानी र श्रम तथा रोजगार दुई वटा मन्त्रालय दिँदा पनि छोडेर नलिएको मान्छे हुँ म ! भारतीय दूतावास जानुपर्ने भनेपछि म हच्किएँ ! पछि थाहा हुन्छ विरोधी हो। हर्क साम्पाङको हो भन्ने।’

मेयर साम्पाङले यस्तै पोस्ट लगातार फेसबुकमा गरेका छन्। केही भिडियो रिलसँगै उनले आठ घण्टामा दर्जन पोस्ट गरेका हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.