उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु

dream cafe
learnar

काठमाडौं : जेन्जी पुस्ताको प्रदर्शन नरोकिएपछि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अलग–अलग सूचना जारी गर्दै आज दिनभरका लागि हिँडडुल गर्न निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हस्ताक्षर गरेको आदेशअनुसार साउन २४ गते बिहान ५ः३० बजेदेखि अर्को आदेश नभएसम्म तोकिएका क्षेत्रभित्र कर्फ्यु लागू हुने भएको हो ।

Bohora madico

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जारी आदेशअनुसार तोकिएको सीमा क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक, धर्ना, हुलदंगा, आतिशबाजी तथा भीडभाड गर्न पाइने छैन ।

कर्फ्यु लागू हुने क्षेत्र

काठमाडौं महानगरपालिकाको भद्रकाली–पुल्चोक–कोटेश्वर–सिनामंगल–गौशाला–चाबहिल–नारायणगोपाल चोक–गोंगबु–बालाजु–स्वयम्भू–कलंकी–त्रिपुरेश्वर हुँदै बागमती नदी र पुरानो बसपार्कसम्मको चक्रपथभित्रको सम्पूर्ण भू–भागमा कर्फ्यु लागू हुने जनाइएको छ ।

छूट दिइने सवारीसाधन

कर्फ्यु अवधिमा अत्यावश्यक सेवामा संलग्न एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारीसाधन, मानव अधिकार तथा कूटनीतिक निकायका सवारीसाधनलाई अनुमति दिइने प्रशासनले जनाएको छ । साथै, हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा पनि सुरक्षाकर्मीले सहजीकरण गर्नेछन् । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेश पालना गर्न आग्रह गरेको छ ।

ललितपुरका केही क्षेत्रमा कर्फ्यु

ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिइएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मङ्गलबार बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गर्नुभएको हो ।

कर्फ्यू आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

HARDIK AGRo NEw

कर्फ्यू आदेश जारी भएका क्षेत्र

भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५) : पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म ।

सानेपा क्षेत्र (वडा नं २) पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म ।

च्यासल क्षेत्र (वडा नं ९) : पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरिएको जनाउनुभएको छ ।

भक्तपुरमा कर्फ्यु आदेश जारी

भक्तपुर जिल्लामा आज बिहानदेखि विशेष कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार भदौ २४ गते बिहान ५ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू हुने भएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जारी आदेशअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालिकाभित्रका विभिन्न क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकेको छ ।

प्रशासनले भिडभाड, धर्ना, जुलुस, प्रदर्शन, सभा, विरोध, नाराबाजी, तोडफोड, हुलदंगा, अवरोध, आतिशबाजी लगायतका गतिविधि नगर्न आग्रह गरेको छ ।

कर्फ्यु आदेशले आवतजावत निषेध गरेको क्षेत्रहरू यसप्रकार रहेका छन-

जगद्गुरु निङ्मापाल राजमार्गको पूर्वी २०० मिटर क्षेत्रसम्म
पेप्सीकोला मनोहरा पुलदेखि निकोसरा चोकसम्म
नागदेशको बालकुमारीबाट बालकुमारी चोक हुँदै रोहितश्वोर चोकसम्म
व्यासबजार, नेपाल कर्पियन मिनी नगरकोटबाट हुँदै चारदोबाटो चोकसम्म
सल्हाघारी नगरकोट सडक, कमलविनायकदेखि खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म
ग्वार्को, कोटेश्वर हुँदै बालकुमारी (कोटेश्वर सीमा नाघ्ने गरी)
युवाक्लब मोडदेखि नेपाल इन्जिनियरिङ कलेज द्वारसम्म
कौशलटारदेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म
भक्तपुरका प्रजिअ जसपाल कुमार देवकोटाले हस्ताक्षर गरी जारी गरिएको आदेशमा तोकिएको क्षेत्रभित्र सार्वजनिक आवतजावत, भीडभाड र शंकास्पद गतिविधि नगर्न सबैलाई आग्रह गरिएको छ ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.