राजीनामा दिँदै गृहमन्त्री लेखक

dream cafe
learnar

काठमाडौँ : सोमबार काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शनमा १७ र इटहरीमा २ जनाको मृत्यु, साथै ३ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन्।

कांग्रेसको पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग उठाएका थिए।

बोहरा मेडिको सेन्टर
GBL NEW

सभापति शेरबहादुर देउवाले यसमा मौन बसेको बेला गृहमन्त्री लेखकले आफैं राजीनामा दिने जानकारी दिएर मन्त्रिपरिषद् बैठकमा पुगेको बताइएको छ।

त्यसअघि कांग्रेस नेता शेखर कोइरालाले भने गृहमन्त्री मात्र नभएर सम्पूर्ण पार्टीले वर्तमान सरकारबाट अलग हुनुपर्ने बताएका थिए।

पार्टीभित्र प्रदर्शन र सुरक्षाकर्मीको दमनपछि सरकारको कार्यशैली र जिम्मेवारीबारे असन्तुष्टि बढेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.