ससुराली हिँडेका वडाध्यक्ष तीन दिनदेखि बेपत्ता

dream cafe
learnar

कालीकोट : रास्कोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनिराज बराल तीन दिनदेखि सम्पर्कविहीन भएका छन्।

बुधबार साँझ रास्कोट–५, लामासिनस्थित ससुराली जान भनी हिँडेका बराल एकाएक सम्पर्कविहीन बनेका हुन्। वडा कार्यालयबाट दिउँसो नगरपालिका पुगेर साँझ ससुराली जान्छु भनेर हिँडेका बराल त्यसपछि सम्पर्कमा नरहेका  रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले जानकारी दिए।

Amargadhi Education

उनले रास्कोट नगरका सबै वडा र जाने सम्भावित स्थानमा नगर प्रहरी तथा स्थानीयले खोजी गरे पनि नभेटिएको बताए।

अजयमेरु फाैजी केरा

नगर प्रमुख शाहीका अनुसार उनले मानसिक समस्यासम्बन्धी औषधी सेवन गर्दै आएका थिए।

रास्कोट नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा वडाध्यक्ष बरालले मानसिक समस्याको औषधि सेवन गरिरहेको उल्लेख छ।

वडाध्यक्ष बराल हराएको प्रहरी चौकी रास्कोटमार्फत आएपछि प्रहरीले रास्कोट, सान्निगाड, मेहलमुडीलगायतका प्रहरी चौकीबाट खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख टेकबहादुर रावतले बताए।

बराल २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.