खगराजलाई शिवको जवाफ  : धाक, धम्की र घुर्कीले नेता बनिदैन त्यो त भागबन्डा र अवसरको अस्त्र हो

dream cafe
learnar

डडेल्धुरा : माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शिवसिंह ओलीले धाक, धम्की र घुर्कीले नेता बन्न नसकिने जिकिर गरेका छन्।

आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले धाक, धम्की र घुर्कीले नेता बन्न नसकिने तर त्यो भागबन्डा र अवसरको अस्त्र भएको बताएका हुन्।

GBL NEW

केही समयअघि माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट हटाइएका नेता खगराज भट्टको सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी समेत खोसिएपछि भट्टले सुदूरपश्चिम प्रदेश पार्टी र आफ्नो ३४ वर्षको राजनीति जीवन सिध्याउने डिजाईन स्वीकार्य नहुने चेतावनी दिएका थिए।

साथै उनले, इन्चार्जको जिम्मेवारी खोसिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  चार  प्रश्न सोध्दै पत्र लेखेका थिए।

त्यसैको जवाफ दिँदै ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अल्पमत बहुमतको मातहत रहने कुरा लेनिनवाद संगठनात्मक विधि हो। विधि समातेर नै नेता बन्ने कुरा हुन्छ कसैले बनाइदिएर होइन, विधि समात्नुहोस् नेता बन्नुहोस् यसमा आपत्ति छै।’

त्यसैमा थप्दै उनले लेखेका छन्, ‘नेता समग्रमा कार्यकर्ता र जनताको भावना अनुसार चल्नुपर्ने हुन्छ न कि मौका परस्त, कार्यकर्ताको भावना विपरीत, गुटगत मानसिकता, संकृणता आदिबाट प्रेरित भएर चल्छ।’

उनले आफ्नो अनुकुल निर्णय हुँदा ठिक, आफ्नो अनुकुल नहुदा आकाश खस्ने कस्तो मनोवृत्ति हो ? भन्दै प्रश्न गरेका छन्।

उनले सबै सम्मालिएर जिम्मेवारी बनी पार्टीको निर्णय कार्यान्वयन गर्न सबैमा आग्रह समेत गरेका छन्।

खगराजलाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट हटाउन ओलीको भूमिका ठूलो  रहेको बताइन्छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.