बोहरा मेडिको सेन्टर

इन्चार्ज खोसिएपछि प्रचण्डलाई खगराजले सोधे यी चार प्रश्न

dream cafe
learnar

डडेल्धुरा : माओवादी केन्द्रका नेता खगराज भट्टको धमाधम जिम्मेवारी खोसिन थालिएको छ।

केही समयअघि माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट हटाइएका भट्टको सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी समेत खोसिएको छ।

CNA

नेकपा माओवादी केन्द्रले बुधबार नेताहरूको कार्यविभाजन गर्दा सुदूरपश्चिम इन्चार्ज भट्टको जिम्मेवारी खोसेर गिरिराजमणि पोखरेललाई दिइएको छ।

आज स्थायी कमिटी बैठकबाट जिम्मेवारी खोसिएपछि नेता भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सामु चार प्रश्न उठाएका छन्।

प्रचण्डलाई पत्र नै लेखेर उनले चार प्रश्न राखेका हुन्।

GBL NEW

उनले आज पार्टीबाट भएको निर्णयले सुदूरपश्चिमभित्र देखापरेको अराजकताले प्रोत्साहन पाउँछ कि निरुत्साहित हुन्छ भनी प्रश्न गरेका छन्।

यस्तै पार्टीलाई नै जीवन ठान्ने इमानदार कार्यकर्तालाई उत्साहित बनाउँछकी निराशामा धकेल्छ भन्ने उनको अर्को प्रश्न छ।

यसरी भट्टको जिम्मेवारी खोसिएपछि उपमहासचिब जनार्दन शर्माले बैठकमा लिखित असहमति नै दर्ता गराएका छन्।

हालै भट्टलाई सुदूरपश्चिमकाे संसदीय दलकाे नेताबाट कूकै शैलीमा हटाइएकाे थियाे। उनलाई संसदीय दलकाे नेताबाट हटाउनुअघि प्रदेशसभा सदस्यहरूले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका थिए।

चुनावकाे समयमा मुख्यमन्त्री बनाउँछु भनेर प्रचण्डले भट्टलाई वचन दिए पनि संसदीय दलकाे नेताबाट हटाउन ग्रीन सिग्नल दिए भने अहिले पार्टी इन्चार्जकाे जिम्मेवारी पनि खाेसिदिए।

जबकी बुहारी बिना मगरलाई बुधबार सहइन्चार्ज बनाइएकाे छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.