डडेल्धुरा जीप दुर्घटना : थप एकजनाको मृत्यु, मृतकको संख्या पाँच पुग्यो

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

दुर्घटनामा परेर गम्भीर घाइते नवदुर्गा–५ का ४२ वर्षीय गणेशबहादुर साउँदको मृत्यु भएको छ।

बोहरा मेडिको सेन्टर

साउँदको उपचार हुन नसकेपछि डडेल्धुरा अस्पतालबाट धनगढी रेफर गरिएको थियो।

GBL NEW

उनको माया मेट्रो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ।

यससँगै मृतकको संख्या पाँच पुगेको हो। दुर्घटनामा परेर चारजनाको घटनास्थलमै ज्यान गएको थियो।

नवदुर्गा गाउँपालिका–५ का १८ वर्षीय सुरेश साउँद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउँदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।

घाइतेहरूमध्ये तीनजनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने जिप चालक रामबहादुर साउँदलाई थप उपचारका लागि भारत लगिएको बताइन्छ।

७ वर्षीया सुस्मिता पार्कीको भने डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिप्रका डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विष्टले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.