महिला संघ परशुरामले मनायो तीज विषेश कार्यक्रम

dream cafe
learnar

परशुराम : डडेल्धुराकाे परशुराममा नेपाली काङ्ग्रेसकाे भातृ संगठन नेपाल महिला संघ तीज विशेष कार्यक्रम मनाएकाे छ।

नेपाल महिला संघ परशुराम १२ का सभापति सुमन भट्टकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस महासमिति सदस्य एबम् संविधानसभा सदस्य नरभान कामीको प्रमुख आतिथ्यतामा तीज विशेष शुभकामना आदन-प्रदान तथा,चियापान (दरखाने) कार्यक्रम गरिएको हाे।

बोहरा मेडिको सेन्टर

परशुराम १२ स्थित डङ्सेरा सामुदायिक भवन प्राङ्गणमामा कार्यक्रम आयोजना गरिएको महिला संघ परशुराम सभापति मञ्जु धामीले जानकारी दिइन्।

GBL NEW

कार्यक्रममा १२ वटै वडा मध्ये अधिकान्स वडाका सभापति र वडाका महिलाहरुकाे सहभागीता रहेकाे थियाे।

दिउँसाे २ वजे बाट सुरु भएको कार्यक्रममा काङ्ग्रेस डडेल्धुराका प्रबक्ता अर्जुन सिह साउद,नगर-उपसभापति तथा वडा.न.१२ का निर्वाचित वडासदस्य जयबहादुर साउद, काङ्ग्रेस डडेल्धुरा सदस्य बसन्ती पाण्डेय,जिल्ला सदस्य शिव साेव,परशुराम नगर कार्य समितिका पदाधिकारी , वडा न ९ का सभापति गाेपाल बाेहरा, १२ का सभापति लक्षे बहादुर थापाकाे समेत उपस्थिति रहेकाे थियाे।

खिर खाइ एक अर्कामा सुभकामना आदान-प्रदान गरि कार्यक्रम गरिएको सभापति लक्षे बहादुर थापाले जानकारी दिए।

सम्पूर्ण दिदीबहिनीले स्वास्थ्य अवस्थालाई ध्यानमा राखी भाद्र १० गतेका दिन हरितालिका तिजकाे व्रत गर्नु र सबैमा सद्भाव, एकता, मित्रता, सहिष्णुता कायम हाेस भन्दै कार्यक्रमका प्रमुख अतिथि महासमिति सदस्य नरभान कामीले सुभकामना ब्यक्त गर्नु भयाे।

Ddl dental
Leave A Reply

Your email address will not be published.