अभिभावक विहीन परिवारकाे सहारा बन्दै ‘समाजका लागि हामी युवा’ समूह

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का युवाहरूले अभिभावक गुमाएका तीन परिवारलाई सहयोग रकम हस्तान्तरण गरी समाजमा अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन्।

‘समाजका लागि हामी युवा अजयमेरु-२’ नामक मेसिन्जर समूहमार्फत संकलित रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो।

बोहरा मेडिको सेन्टर

गत एक महिनाभित्र असामयिक निधनले अभिभावक गुमाएका ती परिवारमा राज ब बोहरा (सुतिरहेको अवस्थामा मृत भेटिएका), गणेश भट्ट (मोटरसाइकल दुर्घटनापछि उपचारका क्रममा मृत्यु) र इन्द्र पाल (हृदय उपचारकै क्रममा निधन) रहेका छन्।

GBL NEW

करिब ४० वर्ष उमेर समूहका उनीहरूले आफ्ना बालबालिका र परिवारलाई असहाय अवस्थामा छाडेर गएका थिए।

समूहमा आवद्ध करिब २३८ जना सदस्यको सानो–सानो योगदानले संकलन भएको रकम पीडित परिवारलाई आर्थिक मात्र नभई भावनात्मक आधारका रूपमा पुगेको अभियानका संयोजक राजेन्द्र ऐरले जानकारी दिए।

ऐरकै विशेष भूमिकामा यो अभियान थालिएको थियोे।

सदस्यहरूलाई एकजुट गराउँदै सहयोग संकलनदेखि हस्तान्तरणसम्मको प्रक्रियामा उनले अगुवाइ गरिरहेका छन्।

‘हामी फरकफरक राजनीतिक विचारमा भए पनि समाजका पीडामा भने सधैं एकजुट हुन्छौँ भन्ने सन्देश दिन खोजेका हौँ,’ उनले भने।

Ddl dental
Leave A Reply

Your email address will not be published.