चुनावी एजेन्डामै सीमित जोरायलको जारिमघाटमा पुल कहिले बन्ला ?

dream cafe
learnar

डोटी : डोटी जोरायल गाउँपालिका-६ मा पर्ने जारिमघाट खोलामा पुल निर्माण गरिदिन स्थानीयबासीहरुले माग गरेका छन्।

भौगोलिक रुपमा डोटीको जोरायल गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं. ५ र ६ दुर्गम वडा हुन्।

बोहरा मेडिको सेन्टर

सबै वडाहरु सडक सञ्जालमा जोडिएका भएपनि वर्षातको ३/४ महिना बाइक र ट्याक्टरबाहेक अन्य सवारी साधन पूर्ण ठप्प रहन्छन् भने बाइक र ट्याक्टरको यात्रा पनि निकै चुनौतीपूर्ण छ।

जारिमघाटमा पक्की पुल नहुँदा जीप ओहोरदोहोर गर्न सक्दैनन्।

उक्त खोलामा रहेको वर्षाैं पुरानो र साँगुरो झोलुङ्घे पुलबाटै जोखिम मोलेर स्थानीयले बाइकको यात्रा गरिरहेका छन्।

स्थानीयबासीहरुले वर्षात्का कारण बन्द भएको सडक श्रमदानमार्फत मर्मत गरी सुचारु गरेका छन्।

करिब १० दिनसम्म चलेको अभियानमा वडाका सबै सडक निरन्तर चलाउने स्थानीयको प्रतिबद्धता थियो।

GBL NEW

तर, जारिमघाट खोलाको पुलले उनीहरुको अभियानलाई चुनौती दियो। श्रमदानमा सहभागिहरुको एउटै स्वर थियो ‘जारिमघाट खोलामा पुल चाहिन्छ।’

पुलका लागि स्थानीय सरकारको बजेटले नपुग्ने हुनाले प्रदेश सरकारले निर्माण गरिदिनु पर्ने उनीहरुको माग छ। उनीहरु भन्छन्, ‘संघ सरकारलाई त्यत्तिकै लागि गुहार्दैनौं र प्रदेश सरकारले पक्की पुल निर्माण गरिदेओस्।’

स्थानीय भागेश्वर सामुदायिक वनका अध्यक्ष सुदिप कुमार साउँदले भने, ‘प्रदेश सरकारले तपाईंको मिडियाबाट हाम्रो कुरा सुनिदेओस्, हाम्रो वडामा पछिल्लो समय स्थानीय सरकार बाहेक संघ र प्रदेशको बजेट शून्य छ। जारिमघाटमा मोटरेवल पक्की पूल बाहेक तत्काल हाम्रो अर्काे माग छैन।’

जोरायल गाउँपालिका–६ का वडाध्यक्ष गणेश बोहरा भन्छन्, ‘सानातिना योजनाका लागि हामी अरुको मुख ताकेर बस्दैनौं। तर हाम्रो श्रोतले नभ्याएयने जारिमघाट पुल वडा नं. ५ र ६ का बासिन्दाका लागि पहिलो माग हो।’

कोही बिरामी हुँदा स्वास्थ्य संस्था पुर्याउने भन्ने समस्या रहेको वडाध्यक्ष बोहरा बनाउँछन्।

उनी थप्छन्, ‘अत्यावश्यक खाद्यान्न सामाग्री ल्याउन समस्या छ, कृषि उत्पादनको बजारीकरणको समस्या छ।’

उक्त पुल निर्माणका लागि महाकाली पूल आयोजनामार्फत डीपीआर बनेको भन्ने आफुले सुनेको तर बजेट विनियोजन नुहँदा पुल नबन्दा समस्या रहेको उनले बताए।

हुन त उक्त पुल बहुचर्चित खुटिया–दिपायल जोड्ने फास्ट ट्रयाक अन्तर्गत पर्दछ। तर बिडम्बना चुनावी एजेण्डामै सीमित रहने गरेकाले आम जनताका लागि झुटा सपना बाँडेझैं भएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.