डडेल्धुरामा अनेरास्ववियु अधिवेशन आयोजक समिति गठन : संयोजकमा साउद, बोहरा बने सह-संयोजक

dream cafe
learnar

डडेल्धुरा: अनेरास्ववियु जिल्ला कमिटी डडेल्धुराको जिल्ला भेला आज सम्पन्न भएको छ।

भेलाले १५ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ।

बोहरा मेडिको सेन्टर
GBL NEW

समितिको संयोजकमा योगेन्द्रबहादुर साउद, सह–संयोजकमा सुजित बोहरा चयन भएका छन्।

सदस्यहरूमा काजल बिक, रमेश घर्ती, नीरज भुल, चादनी मल्ल, यदबी भट्ट, आयुश मल्ल, सुरज नाथ, वसन्त बि.क, दिनेश बोहरा, सन्दिप साउद, दिनेश ताम्राकार, ललिता नेपाली र आयुश सुनार रहेका छन्।

भेलामा संगठनका केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज कृष्ण धामी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष गजेन्द्र शाही, सचिवालय सदस्य इन्द्र बहादुर महरा, विद्यार्थी फाँट इन्चार्ज पुष्कर देउवा र निवर्तमान अध्यक्ष गणेश क्षेत्रीको उपस्थिती रहेको थियो।

समितिले २०८२ मंसिर मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ र संगठनलाई अझ सक्षम तथा सशक्त बनाउन काम अघि बढाउने योजना बनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.