सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

तराईंमा बसोवास रहेको थारू समुदायको अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

कैलाली, कञ्चनपुरमा बसोवास गर्ने थारू समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गरेका छन्।

पर्वको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राजपत्रमा उल्लेख गरेको छ।

यसअघि, प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा साउन २५ गते बिदाको निर्णय गरेर राजपत्रमा प्रकाशित गरेको थियो। तर, थारू समुदायको अट्वारी भदौ ८ गते परेकाले बिदाको मिति संशोधन गरिएको थियो।

अट्वारी पर्वको अवसर पारेर थारू बहुल कैलारी गाउँपालिका लगायतका पालिकाले दुई दिन स्थानीय बिदा दिएका छन्। अट्वारी पर्व दुई दिन मनाउने गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.