लिजामा अजयमेरु प्रथम, अन्य पालिका कुन स्थानमा ?

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा रहेका सात वटा स्थानीय तहमध्ये अजयमेरु गाउँपालिका सबैभन्दा धेरै अंक ल्याएर स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रथम भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले ८३.२५ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम हुन सफल भएको हो।

बोहरा मेडिको सेन्टर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार अजयमेरु जिल्लामा पहिलो बनेको हो।

GBL NEW

मन्त्रालयको नतिजाअनुसार आलिताल गाउँपालिका र भागेश्वर गाउँपालिकाले समान अंक पाएका छन्।

आलितालले ८१.२५ अंक पाउँदा भागेश्वरले पनि ८१.२५ नै पाएको छ। दुवै पालिका संयुक्तरूपमा जिल्लामा द्वितीय भएका छन्।

तेस्रो स्थानमा गन्यापधुरा गाउँपालिका रहेको छ। उसले ७५.५० अंक प्राप्त गरेको छ।

यसैगरी परशुराम नगरपालिकाले ७५.२५, अमरगढी नगरपालिकाले ७३.७५ र नवदुर्गा गाउँपालिकाले ७३.२५ अंक पाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.