सुदूरपश्चिममा औषधी प्रतिरोधी क्षयरोग उपचारका लागि त्रिपक्षीय सम्झौता

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा औषधी प्रतिरोधी क्षयरोग (डीआर-टीबी) का बिरामीलाई गुणस्तरीय उपचार, हेरचाह तथा प्रतिकूल असर व्यवस्थापन सुनिश्चित गर्न त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।

गत २७ गते मंगलबार कैलालीको गेटामा आयोजित कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारी, शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका निमित्त प्रमुख डा. होमनाथ पन्त र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र वमबीच सम्झौता भएको हो।

बोहरा मेडिको सेन्टर

सम्झौताअनुसार, विश्वविद्यालयले औषधी प्रतिरोधी क्षयरोग भएका बिरामीलाई उपचार भर्नाका लागि सैयाको व्यवस्था, नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार सेवा सञ्चालन गर्नेछ।

यसका लागि आवश्यक जनशक्ति तथा पूर्वाधारको व्यवस्थापन पनि गरिनेछ।

GBL NEW

कार्यक्रममा प्रदेश स्वास्थ्य प्रयोगशालाका प्रमुख डा. भुषण मिश्र, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका उपसचिव वीरबहादुर रावल, ल्याब टेक्नोलोजिस्ट इश्वरी भुसाल, विश्वविद्यालयका मेडिसिन विभाग प्रमुख डा. चेतराज भट्ट, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरलगायत करिब ६० जनाको उपस्थिति थियो।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार, देशभर वार्षिक करिब ३ हजार औषधी प्रतिरोधी क्षयरोगी रहेको अनुमान छ।

सुदूरपश्चिम प्रदेशमा मात्र यो संख्या करिब २७० छ।

साथै, क्षयरोगका कारण वार्षिक करिब १६ हजार जनाको मृत्यु हुने अनुमान गरिएको छ, जसमा सुदूरपश्चिममा मात्र करिब १,४३७ जनाको मृत्यु हुने आँकडा छ।

उपसचिव रावलका अनुसार, कोभिड-१९ महामारीका कारण देशभर करिब १२ हजार जनाको मृत्यु भए पनि क्षयरोगका कारण हरेक वर्ष सो भन्दा धेरैको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ।

उनले क्षयरोगबाट ‘नभएकालाई सर्न नदिने र भएकालाई मर्न नदिने’ लक्ष्यसहित यो कार्यक्रम सञ्चालन हुने बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.