कञ्चनपुरकी सम्झना मृत्यु प्रकरण : ‘पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्दै उकास्ने दिदी पक्राउ

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुरकै बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि कैलालीको धनगढी विमानस्थलबाट बेलडाँडीकी पूजा भट्ट पक्राउ परेकी हुन्।

बोहरा मेडिको सेन्टर

प्रहरीका अनुसार सम्झनाका माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो।गत आइतबार झुन्डिएको अवस्थामा सम्झनाको शव घरमै फेला परेको थियो।

यसअघि मृतक युवतीका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट, सासू किरण भट्टलाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरूलाई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरेर घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ। पूजा पवनकी दिदी हुन्।

उनलाई पीडित पक्षले मुख्य आरोपीको रूपमा किटानी जाहेरी दिएकी छन्।

GBL NEW

मृतक युवतीका माइती पक्षले प्रहरीसमक्ष बुझाएको एउटा अडियोमा सम्झनाको हत्या गर्न पूजाले भाइ पवनलाई आदेश दिएको पाइएको प्रहरीले जनाएको छ।

अडियोमा ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्ने शब्द प्रयोग गरिएको छ।

शुक्रबार पवनकी दिदी पूजालाई पनि नियन्त्रणमा लिएर आत्महत्या गर्न दुरुत्साहन दिन नहुने शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा मृतकका माइती पक्षले चार जनामाथि किटानी जाहेरी दिएका छन्।

प्रहरीका अनुसार माइती पक्षले घटनाको मुख्य योजनाकार पूजा रहेको आरोप लगाउँदै आएका छन्।

पूजालाई पक्राउ नगरुन्जेल शव नउठाउने अडानमा माइती पक्ष थिए। शुक्रबार पूजा पक्राउ परेपछि सम्झनाका माइती पक्षले शवको दाहसंस्कार गरेका छन्।

साउन १८ गते बिहान बेलडाँडी गाउँपालिका–२ स्थित सिंह पालटोलमा घरभित्र झुन्डिएको अवस्थामा सम्झना मृत फेला परेकी थिइन्।

प्रहरीले कोठाको ढोका तोडेर शव बाहिर निकालेको थियो। विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सम्झना र पवनले गएको फागुनमा विवाह गरेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.